• ट्रेण्डिङ्ग :
महाधिवेशन चलिरहेकै बेला स्थायी कमिटीको बैठक, पदाधिकारी सहमतिमा टुङ्ग्याउने प्रयास

महाधिवेशन चलिरहेकै बेला स्थायी कमिटीको बैठक, पदाधिकारी सहमतिमा टुङ्ग्याउने प्रयास


  • 4.7K
    SHARES
    • पौष १३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    महाधिवेशन चलिरहेकै बेला स्थायी कमिटीको बैठक, पदाधिकारी सहमतिमा टुङ्ग्याउने प्रयास

    काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समितिको बैठक बसिरहेको हो। 

    images

    आठौं महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको हो। 

    गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ। 

    समूहका नेताहरूले बुधबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको नेता कृष्णबहादुर महराले जानकारी दिए । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ। 

    maost-1.jpg

  • सम्बन्धित विषय:

  • # माओवादी केनद्र

  • तेस्रो आँखा