• ट्रेण्डिङ्ग :
६० केजी सुन प्रकरण : २६ आरोपीका तर्फबाट थुनछेक बहस सकियो

६० केजी सुन प्रकरण : २६ आरोपीका तर्फबाट थुनछेक बहस सकियो


  • 2.9K
    SHARES
    • आश्विन १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    ६० केजी सुन प्रकरण : २६ आरोपीका तर्फबाट थुनछेक बहस सकियो

    काठमाडौं । ६० केजी सुन प्रकरणमा हिरासतमा राखिएका २६ आरोपीका तर्फबाट थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै छन् । जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरेसहित तीनजना सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् ।

    images

    जवाफी बहस सकिएपछि प्रतिवादीलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्नेबारे आदेश आउने जिल्ला अदालतले जनाएको छ । हङकङबाट तस्करी गरेर काठमाडौं ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा ९ विदेशीसहित २९ जनाविरुद्ध दायर मुद्दामा २६ जना हिरासतमा छन् । गत साउन २ गते राजस्व अनुसन्धानले पक्राउ गरेको सुन तस्करीमा संलग्नको सीआईबीले अनुसन्धान गरेर भदौ ३१ गते मुद्दा दायर गरेको थियो । आरोपीहरुको बयान सकिएपछि यही असोज १० गतेदेखि सुरु भएको थुनछेक बहस १० दिनसम्म चलेको हो ।


    तेस्रो आँखा