• ट्रेण्डिङ्ग :
होटेलको तेस्रो तलबाट हामफालेका एक चिनियाँको मृत्यु

होटेलको तेस्रो तलबाट हामफालेका एक चिनियाँको मृत्यु


  • 3.2K
    SHARES
    • आश्विन १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    होटेलको तेस्रो तलबाट हामफालेका एक चिनियाँको मृत्यु

    कास्की । पोखराको लेकसाइडस्थित एक होटेलबाट हामफालेका एक चिनियाँको मृत्यु भएको छ । ४१ वर्षीय सन ग्याङ्‌गको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

    images

    ग्याङ्गले बिहीबार राति १२:४० मा आफू बसेको होटेलको तेस्रो तलाबाट हाम फालेका थिए । उनलाई लगत्तै उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि प्रतिष्ठानमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । मादक पदार्थ सेवन गरेर उनले होटेलको भर्‍याङमा रहेको आल्मुनियमको झ्यालबाट हाम फालेको प्रहरी उपरीक्षक थापाले जनाए ।

    साथीहरु तथा प्रेमिकासँग मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि उनले हामफालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक ग्याङ्गसहित अन्य तीन चिनियाँ गत असोज २ गतेदेखि सोही होटेलमा बस्दै आएको प्रहरीको भनाइ छ ।


    तेस्रो आँखा