• ट्रेण्डिङ्ग :
एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य

एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य


  • 2.5K
    SHARES
    • आश्विन २०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य

    काठमाडौँ । घातक रासायनिक पदार्थको बिक्रीवितरणको व्यवस्थालाई नियन्त्रण गर्ने गरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली जारी गरेको छ । खुद्रा रूपमा घातक रासायनिक पदार्थ बिक्रीवितरण हुँदा एसिड आक्रमणलगायतका घटना बढेपछि सरकारले नयाँ कानुन बनाएको थियो । २०७९ असार ३१ गते राजपत्रमा प्रकाशित ऐन अनुसार बिहीबार नियमावली प्रकाशित भएको हो । 

    images

    ऐन पारित भएको १४ महिनापछि नियमावली जारी भएको हो । खरिद–बिक्रीको मौजुदा व्यवस्थालाई व्यवस्थित र कसिलो बनाउने सरकारले रणनीति लिएको छ । बिक्रीको नियमनलाई नियमावलीले जोड दिएको छ । एक लिटरको खरिदलाई पनि प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति अनिवार्य बनाइएको छ ।

    बिक्रेताले दैनिक बिक्रीको परिमाणको जानकारी सरकारले तोकेको विद्युतीय प्रणालीमा पेस गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई प्रत्येक छ महिनामा उत्पादन, निकासी, पैठारी र मौज्दातको विवरण इजाजत लिएका फर्मले पेस गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।


    तेस्रो आँखा