दोस्रो पटक उपाधि चुम्दै च्याम्पियन बन्यो नेपाली महिला भलिबल टोली

दोस्रो पटक उपाधि चुम्दै च्याम्पियन बन्यो नेपाली महिला भलिबल टोली


  • 7.4K
    SHARES
    • पौष १३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    दोस्रो पटक उपाधि चुम्दै च्याम्पियन बन्यो नेपाली महिला भलिबल टोली

    काठमाडौं, १३ पुस । नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

    images

    बंगलादेशको ढाकामा आज सम्पन्न खेलमा उज्वेकिस्तानलाई ३—२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५—२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५—२४ ले विजयी भयो ।

    तेस्रो सेट नेपालले २५—१५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५—२२ ले जित्दै खेल २—२ को अवस्थामा पुर्राए । त्यसपछि पाँचौं सेट १५—१० ले आफ्नो बनाउँदै नेपालले उपाधि रक्षा गरेको हो ।

    नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । नेपालको यो दोस्रो अन्तराष्ट्रिय उपाधि समेत हो । नेपालले यसअघि सन् २०१९ मा सोही रंगशालामा आयोजित पहिलो संस्करणमा माल्दिभ्सलाई हराएर उपाधि उचालेको थियो । 

  • सम्बन्धित विषय:

  • # भलिबल टोली

  • तेस्रो आँखा
    लेखकबाट थप