काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत विभिन्न निकायमा कार्यरत इन्जिनियर तथा सब इन्जिनियरहरूको नियमित सुरुवा रोकिएको छ । मन्त्रालय अन्तर्गत रहेका १३ सय बढी इन्जिनियर तथा सब इन्जिनियरहरू सरुवा माग गर्दै सडक विभागमा हुलहुज्जत गर्न थालेका छन् ।
सडक विभागका प्रवक्ता रामहरि पोखरेलले विभिन्न जिल्लाबाट काठमाडौंमा आएर बसेका इन्जिनियरलाई आ-आफ्नो जिल्लामा अनिवार्य रूपमा फर्कन निर्देशन दिएको बताए । भौतिक पूर्वाधार मन्त्रालयको तथ्यांकअनुसार अहिले देशभरि इन्जिनियर करिब पाँच सय तथा सबइन्जिनियर ( नायब सुब्बा सरह) करिब आठ सय छन् ।
