• ट्रेण्डिङ्ग :
सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान


  • 2.9K
    SHARES
    • आश्विन २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

    काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल  अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राज्य अमेरिकाको सान डिएगो क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गते सम्म  सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय  सम्मेलनमा  सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका हुन्।

    images

    उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाइ गरेका थिए। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँगै  सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी समेत त्यसतर्फ प्रस्थान गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने छन् ।


    तेस्रो आँखा