• ट्रेण्डिङ्ग :
गाजा नजिक रहेका नेपालीलाई सुरक्षित स्थानमा सारियो

गाजा नजिक रहेका नेपालीलाई सुरक्षित स्थानमा सारियो


  • 4.0K
    SHARES
    • आश्विन २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.2K Views

    गाजा नजिक रहेका नेपालीलाई सुरक्षित स्थानमा सारियो

    काठमाडौँ। इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५ नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । इजरायलको उत्तरी सिमाना आसपासको क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका ७२ जनालाई पनि सुरक्षित ठाउँमा सारिएको तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    images

    उक्त दूतावासका अनुसार शनिबारको आक्रमणमा घाइते भएका चारै जनाको स्वास्थ्यमा क्रमशः सुधार आएको छ तथा हराइरहेका एक नेपालीको प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा व्यापक खोजी भइरहेको छ ।

    नेपाल फर्कन चाहने तीन सय ५० जनाभन्दा बढी नेपालीले आफ्नो नाम दूतावासमा दर्ता गराएका छन् । उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया प्रारम्भ गरिसकेको छ ।


    तेस्रो आँखा