गौमाता रक्षार्थ महायज्ञमा करोड दीप प्रज्वलन गरिने

गौमाता रक्षार्थ महायज्ञमा करोड दीप प्रज्वलन गरिने


  • 2.7K
    SHARES
    • आश्विन २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    गौमाता रक्षार्थ महायज्ञमा करोड दीप प्रज्वलन गरिने

    दाङ, २५ असोज/ गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा करोड दीप प्रज्वलन गरिने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखी कात्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ मा करोड दीप प्रज्वलन हुने आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिए ।

    images

    समाजमा राष्ट्रि« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने आयोजक मूल समितिका संयोजक योगीले जानकारी दिए । भक्तजनहरुको सहभागीतामा करोड दीप प्रज्वलन गरिने उनले जानकारी दिए ।

      विजयादशमी २०८० को अवसरमा आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ को वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट बिभुषीत प.अमृतशरण देबाचार्य रहेका छन् । अन्य महायज्ञभन्दा फरक उद्धेश्यले आयोजना गरिएकाले यस यज्ञलाई सफल बनाउनकालागी सबैजना आ–आफ्नो स्थानबाट लागीपर्न आयोजक मूल समितिले  अनुरोध गरेको छ । 

     


    तेस्रो आँखा