ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते

ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते


  • 5.9K
    SHARES
    • पौष १४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते

    कपिलवस्तु, १४ पुस । कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बाणगंगा नगरपालिक- १ पिपराका अनुराग पाण्डेकाे दुर्घटनामा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए। उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए।

    images

    बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएकाे हाे । मंगलबार राति भएकाे दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन्।

    पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन्।  


    तेस्रो आँखा