घोराही, २९ असोज । आजको युगमा बिज्ञानले जतिनै फड्को मारेपनि अन्तमा मनुष्य जीवनका लागि चाहिने आध्यात्मिक ज्ञान नै भएको कार्यक्रमका प्रमुख अथिति दाङका प्रमुख जिल्ला अधिकारी राम बन्धु सुबेदिले बताएका छन् । अम्बिकेश्वरी मन्दिरको स्वागतद्वार तथा भौतिक संरचना निर्माणमा सहयोगार्थ आयोजित श्रीमद वाल्मीकी रामकथा नवाह महायज्ञको उद्घाटन कार्यक्रमा बोल्दै यस्तो बताएका हुन ।
कार्यक्रमका प्रमुख अथिति सुबेदीले ऐतिहासिक पौराणिक अम्बिकेश्वरी मन्दिरमा यो महायज्ञको आयोजना गरिनुले सामाजिक सास्कृतिक पक्षलाई पनि संरक्षण गर्ने भन्दै सामाजिक सद्भाव जगाउनका लागि पनि यसले ठूलो भूमिका खेल्ने बताएका छन ।
कार्यक्रममा विशिष्ट अथिति सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले मन्दिर ब्यवस्थापन र संरक्षणका लागि यो महायज्ञले ठूलो भूमिका खेल्ने भन्दै यसलाई अझ सफल पार्न समाजका हरेक ब्यक्तिको भूमिका रहेको बताइन । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक रबिन थापा, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना गौतम, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, प्रमुख बाचक कोमल उपाध्याय, अनुगमन मुल्यांकन समितिका सदस्य लालचन्द्र बन्जाडे लगायतकाले बोलेका थिए ।
श्रीमद वाल्मीकी राम कथा नवाहा महायज्ञ मुल आयोजक समितिका संयोजक कुमुद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण समितिका सचिव दामोदर भुषालले गरेका थिए भने अनुगमन तथा मुल्यांकन समितिका संयोजक भरतमणि अर्यालले स्वागत गरेका थिए । आजै बिहान १० बजेदेखि मन्दिर परिसरमा हजारौको संख्यामा उपस्थित भएर कलश यात्रा निकालिएको थियो । कलश यात्राले घोराही बजार परिक्रमा गर्दै पुन यज्ञ स्थलमा पुगि विश्राम लिएको थियो ।
कलस यात्रामा मुल आयोजक समितिका संयोजक कुमुद पोखेलको उपस्थितिमा थारू समुदाय, मगर समुदाय, आमा समुहहरू, टोलबिकास संस्थाहरू विभिन्न युवा क्लबहरू लगातयको उपस्थिति रहेको थियो । महायज्ञको मुल कर्तामा घनश्याम खनाल र शान्ता खनाल रहेका छन् । साथै प्रत्यक दिन गङ्गा आरती गरिने पनि आयोजकले जनाएको छ ।
असोज २८ गते उद्घाटन गरिएको महायज्ञको दोस्रो दिन पनि भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो । पन्डित कोमल उपाध्ययद्वारा सङ्गितमय प्रबचनका साथै राम लिलामा आधारित कथालाई नाटकीय रूपमा प्रदर्शन गरिएको थियो । आजै महायज्ञमा ६१ हजार ५ सय ५५ रूपैया रकम संकलन भएको महायज्ञका आर्थिक संयोजक गोबिन्द पौडेलले जानकारी दिए ।
