राष्ट्रपतिले दसैंमा टीका लगाइदिने

राष्ट्रपतिले दसैंमा टीका लगाइदिने


  • 2.7K
    SHARES
    • कार्तिक ३, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    राष्ट्रपतिले दसैंमा टीका लगाइदिने

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दसैंको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयबाट बिहीबार जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ। 

    images

    राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

    विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन्। 


    तेस्रो आँखा