भारतमा ओमिक्रोनः २१ राज्यका ७८१ जना संक्रमित

भारतमा ओमिक्रोनः २१ राज्यका ७८१ जना संक्रमित


  • 5.7K
    SHARES
    • पौष १४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    भारतमा ओमिक्रोनः २१ राज्यका ७८१ जना संक्रमित

    नयाँ दिल्ली, १४ पुस । भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ। दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा देखिएको छ। 

    images

    नयाँ भेरियन्टबाट संक्रमितमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन्। पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ। 
    भारतमा पछिल्लो २४ घन्टामा नौ हजार १९५ जनाम कोभिड देखिएको छ ।

    यो संख्या अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले बढी हो । सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा अहिलेसम्म एक अर्ब ४३ करोड डोज कोभिड खोप खपत भएको छ। 


    तेस्रो आँखा