• ट्रेण्डिङ्ग :
इजरायलमा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण

इजरायलमा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण


  • 3.8K
    SHARES
    • कार्तिक ५, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    इजरायलमा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण

    काठमाडौँ, ५ कात्तिक । इजरायलमा मारिएका नेपालीहरू १० मध्ये ३ जनाको शव काठमाडौँ आइपुगेको छ । इजरायलको सरकारले पहिचान खुलेका ४ जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावास बुझाएसँगै ती शवलाई शनिबार नेपाल पठाइएको थियो । 

    images

    चारवटा शवमध्ये तीनवटा शव काठमाडौँ आइपुगेको छ । नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव आइपुगेको छ भने आशिष चौधरीको शव दिउँसो आइपुग्नेछ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे । चौधरीको शव नेपाल आइपुगेसँगै चारवटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिनेछ ।


    तेस्रो आँखा