काठमाडौँ, ८ कात्तिक । मनाङ एयर हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । गत असोज २७ गते सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा हिजो भारतमा निधन भएको हो ।
नाइन-एन-एएनजे हेलिकप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो । हेलिकोप्टर दुर्घटनामा पाइलट सेढाईंको शरीरको ४५/५० प्रतिशत भाग जलेको थियो ।
दुर्घटनामा परी घाइते भएका पाइलट सेढाईंलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।
उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भए वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए।
