• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता


  • 2.3K
    SHARES
    • कार्तिक १२, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 3.5K Views

    प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

    काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव वैकुण्ठ अर्याल, परराष्ट्र मन्त्रालयका अधिकारी र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु पनि सहभागी भएका थिए ।

    images

    महासचिव गुटरेसले आइतबार नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् । आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।

    उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग पनि भेटवार्ता गर्नेछन् ।


    तेस्रो आँखा