• ट्रेण्डिङ्ग :
मोफसलका ६ प्रतियोगिताको तालिका सार्वजनिक 

मोफसलका ६ प्रतियोगिताको तालिका सार्वजनिक 


  • 7.0K
    SHARES
    • पौष १४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    मोफसलका ६ प्रतियोगिताको तालिका सार्वजनिक 

    काठमाडौं, १४ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  आहा रारा गोल्डकपसहित  मोफसलका ६ प्रतियोगितालाई स्वीकृत दिएको छ ।

    images

    एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणपछि हुने गरी मोफसलका चर्चित ६ प्रतियोगिताको तालिका सार्वजनिक गरेको न्युज कारखानाको स्रोतलाई प्राप्त भएको छ । 

    माघमा दुई र फागुनमा चार गरी ६ प्रतियोगिता हुनेछ । माघ पाँच गतेदेखि १५ गते सम्म पोखरामा आहा रारा गोल्डकप, माघ १६ देखी २६ सम्म मकवानपुरमा सहिद स्मृति  राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ ।

    त्यस्तै फागुन १४ देखी २१ सम्म बुटवलमा तिलोत्तमा गोल्डकप र इटहरीमा इटहरी गोल्डकप,  फागुन १९ देखी २९ गते सम्म पोखरा गोल्डकप र फागुन २६ देखी चैत्र पाँच सम्म सिमरा गोल्डकप हुनेछ ।

    प्रतियोगिताका लागि १२ टोली सहभागी आठ, १० टोली भए ६ र आठ टोली भए ४ ए डिभिजन टोली हुनुपर्ने एन्फाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अखिल नेपाल फुटबल संघ

  • तेस्रो आँखा