• ट्रेण्डिङ्ग :
आर्थिक मन्दीका विषयमा छलफल 

आर्थिक मन्दीका विषयमा छलफल 


  • 4.6K
    SHARES
    • कार्तिक १८, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    आर्थिक मन्दीका विषयमा छलफल 

    दाङ, १८ कार्तिक । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आर्थिक मन्दी, व्यवसायी समस्या र समाधानका विषयमा छलफल गरिएको छ । कार्यक्रममा वोल्ने बक्ताहरुले राज्यको नीतिको कारण निजी क्षेत्र समस्यामा परेको बताएका थिए । 

    images

    घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले निशाको सोच राख्न नहुने बताए । सकारात्मक सोचका साथ अगाडि बढन समेत उनले आग्रह गरे । निजी क्षेत्र नया सोचका साथ अगाडि बढन समेत उनले आग्रह गरे । प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले आर्थिक संकट समाधान गर्न सबै आआफ्नो क्षेत्रबाट अगाडि बढ्नु पर्ने बताए । सबैले आआफ्नो क्षेत्रबाट पहल गरेमा समस्याको समाधान गर्न सहयोग पुग्ने उनको भनाइ रहेको छ । वित्तीय अवस्था कमजोर भएको कारण आर्थिक समस्या बढेको बताए । उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने समेत आग्रह गरे । 

    घोराही उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले व्यवसायीहरुले संस्कार परिवर्तन गरिनु पर्ने बताए । देखावटी गरेर व्यवसाय गर्दा समस्या हुने गरेको उनको भनाइ रहेको थियो । ‘एउटाले जे गर्यो अरुले पनि त्यही गर्ने काय छोडनु पर्दछ नया योजनाका साथ अगाडि वढन आवश्यक छ’ अध्यक्ष पाण्डेले भने । संघका अध्यक्ष वसन्त जोशीले जिल्लामा पछिल्लो समय धेरै सटरहरु वन्द हुदै गएको बताए । ‘अहिले धेरैले व्यवसाय छोडेर विदेशीएका छन् कोही व्यापार छोडेर यही रहेका छन् कसरी व्यावसायमा टिकाउने भन्ने समस्या रहेको छ’ उनले भने ।

    संघका निवर्तमान अध्यक्ष टंकसिंह वुढाथोकीले निजी क्षेत्रले उठाएको आवाज राज्यले नसुनेको बताए । ‘हामीले धेरै पटक आवाज उठाएऔ तर राज्यले समस्याको समाधान गर्न सकेन’ उनने भने । संघका पुर्व अध्यक्ष माधवप्रसाद शर्माले प्रशासनिक विकेन्द्रीत संगै घोराही क्षेत्रको व्यापार व्यवसाय घटदै गएको उनले बताए । प्राध्यापक तथा संघका पुर्व सचिव सुन्दर गौतमले योजना विना व्यवसायमा हात हाल्दा समस्या हुने गरेको बताए । योजना वनाएर अगाडि बढ्न समेत उनले आग्रह गरे । 

    नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले नीति बनेपनि त्यसको प्रभावकारी कार्यान्वय हुन नसकेको बताए । घर भाडाका देखिएको समस्यालाई नीतिगत रुपमा समाधान गरिनु पर्ने उनको भनाइ रहेको थियो । नागरिकको क्रयशति कमजोर हुदा व्यापार चलायमान हुन नसकेको श्रेष्ठले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, संघका निवर्तमान उद्योग उपाध्यक्ष अनिल आचार्य, प्लाष्टिक व्यवसायी समितिका अध्यक्ष खेमराज भण्डारी, व्यवसायीहरु भिमसेन डिसी, इश्वरी आचार्य लगायतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।


    तेस्रो आँखा