पुनले देउवालाई सिकाए बरियताको ‘सबक’

पुनले देउवालाई सिकाए बरियताको ‘सबक’


  • 32.4K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 49.9K Views

    पुनले देउवालाई सिकाए बरियताको ‘सबक’


    तेस्रो आँखा
    दाङ,पुस १५ । 
    आफ्ना प्रतिष्पर्धि डा. शेखर कोइरालालाई कांग्रेस सभापनि शेरबहादुर देउवाले २० औँ नम्बरको बरियतामा राखे । देउवाले कायम गरेको कोइरालाको बरियतामाथि धेरैले आलोचना गरिरहेकै छन् । आलोचना मात्रै हैन, देउवाको यो ‘हर्कत’ लाई लुम्बिनी प्रदेशमा भने चुनौती दिईएको छ । 
    कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कोइरालालाई तल्लो स्तरको बरियता कायम गरेका देउवालाई ‘सवक’ सिकाएका छन् । उनले प्रदेशसभापतिमा आफूसंग पराजित भरतकुमार शाहलाई आफू पछिको दोस्रो बरियतामा राख्ने घोषणा गरेका छन् । कांग्रेस लुम्बिनी प्रदेश समितिले बिहिबार आयोजना गरेको प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै नव निर्वाचित सभापति पुनले आफूसंग पराजित शाहलाई  आफू भन्दा पछिको दोस्रो बरियतामा राख्ने घोषणा गरेका हुन् । उनले पराजित भएकै कारण बरियताका नाममा कसैलाई पनि पछि पार्ने काम गर्न नहुने बताए । 
    यससंगै उनले अब लुम्बिनी प्रदेश कांग्रेस कुनै गुटको नहुने पनि ठोकुवा गरे । उनले भने ‘अब पार्टिभित्र क्षमता भएका जो कोहि पनि गुटकै कारण पछाडि पर्नुपर्ने छैन,’  उनले भने ‘अब सबैको कांग्रेस बनाउछौ ढुक्क हुनुस ।’ निर्बाचन जित्नलाइ टिम तयार गरिएपनी निर्वाचन पश्चात सबै एकै ठाउमा रहेर अबको ४ बर्षे कार्यकालको योजना बनाउने उनले बताए । 

    images


    तेस्रो आँखा