• ट्रेण्डिङ्ग :
‘कागभन्दा कोइली चलाख’ सार्वजनिक

‘कागभन्दा कोइली चलाख’ सार्वजनिक


  • 5.5K
    SHARES
    • मंसिर ६, २०८० बुधबार
    • २ बर्षs अघि
    • 8.5K Views

    ‘कागभन्दा कोइली चलाख’ सार्वजनिक

    काठमाडौँ  । आगामी २९ गतेबाट प्रदर्शन हुने चलचित्र ‘दुई कदम’ को नयाँ गीत ‘कागभन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डिपी खनालको शब्द र विकास चौधरीको सङ्गीत छ ।

    images

    गीतमा गौरव पहारी, इओन लिम्बू, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बू र गीता ढुङ्गानालाई प्रस्तुत गरिएको छ । उदय सुब्बा निर्देशित चलचित्रमा सुनील थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको पनि अभिनय रहेको छ ।

    दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायाङ्कन, ताराप्रकाश लिम्बू र विकास चौधरीको सङ्गीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीण ढकालको सम्पादन चलचित्रमा रहेको छ ।


    तेस्रो आँखा