राष्ट्रपति पौडेलद्वारा तुलसीको विशेष पूजा

राष्ट्रपति पौडेलद्वारा तुलसीको विशेष पूजा


  • 3.0K
    SHARES
    • मंसिर ७, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    राष्ट्रपति पौडेलद्वारा तुलसीको विशेष पूजा

    काठमाडौँ ७ मंसिर/ राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गर्नुभएको छ ।

    images

    राष्ट्रपति निवास शीतल निवासमा उहाँहरूले आज तुलसीको विशेष पूजा अर्चना गर्नुभएको राष्ट्रपति कार्यालयको ट्वीटरमा उल्लेख छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने प्रचलन रहेको छ । 

    प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउने गरिन्छ ।


    तेस्रो आँखा