इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुग्छ : ओली  

इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुग्छ : ओली  


  • 9.4K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुग्छ : ओली  

    काठमाडौं, १६ पुस । एमाले अध्यक्ष केपी ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन् ।

    images

    शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको भन्दै कटाक्ष गरे ।

    ‘अलिकति राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने रहेछ । जस्तै, प्रचण्डहरू हिजो म प्रधानमन्त्री हुँदा पनि सरकारमै थिए,’  ओलीले भने ‘अहिले कांग्रेस नेतृत्वमा सरकारमा छन् ।’  

    उनले विदेशबाट फर्केका नेपालीले अब आफैं नेपाल बनाउनुपर्ने संकल्प गर्न आग्रह गरे । हिजो जर्मनी बनाउन बिस्मार्कले जे जस्तो नीति र रणनीति अख्तियार गरे, अब आफूले नेपाल बनाउने दाबी पनि गरे ।

    उनले आफ्नो पार्टीले नेपाल बनाउने पनि उल्लेख गरे । ‘नेकपा एमालेको नीति सही छन्,’  उनले भने ‘एमालेले नै देश बनाउँछ भन्नेमा तपाईहरू विश्वस्त हुनु भएको छ, यो राम्रो हो ।’ 


     

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • तेस्रो आँखा