• ट्रेण्डिङ्ग :
भारतमा नयाँ वर्ष मनाउन प्रतिबन्ध 

भारतमा नयाँ वर्ष मनाउन प्रतिबन्ध 


  • 6.8K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    भारतमा नयाँ वर्ष मनाउन प्रतिबन्ध 

    काठमाडौं । भारतमा नयाँ वर्ष मनाउन प्रतिबन्ध लगाइएकाे छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समय कोरोनाको प्रकोप बढ्दै गएपछि नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरिएको हाे । पछिल्लाे केही साता कोरोनाको ओमिक्रोन भेरियन्टमा वृद्धि भएपछि भारत सरकारले सो निर्णय गरकोे हो ।

    images

    भारत सरकारले नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरुमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न सूचना जारी गरेको छ । हिजो मात्र भारतभर १ हजार २ सय ७० जना ओमिक्रोनका संक्रमित भेटिएका छन् । तीमध्ये नयाँ दिल्लीमा मात्र ३ सय २० जना पाइएका छन् । त्यसपछि धेरै मुम्बईमा पाइएका छन् ।

    यसरी प्रत्येक दिन ओमिक्रोन भेटिन थालेपछि सरकारले सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको बताइएको छ । नयाँ दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १ सय ५० जना संक्रमित पाइएकामा दिनहुँ हजारभन्दा बढी संक्रमित भेटिएको बताए । 


    तेस्रो आँखा