फ्रेन्ड्सको खराब प्रदर्शन जारी, एनआरटीको दोस्रो जित

फ्रेन्ड्सको खराब प्रदर्शन जारी, एनआरटीको दोस्रो जित


  • 6.6K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    फ्रेन्ड्सको खराब प्रदर्शन जारी, एनआरटीको दोस्रो जित

    काठमाडौं, १६ पुस । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार फ्रेन्डस क्लब  न्युरोड टिम (एनआरटी) सँग ३/२ अन्तरले पराजित हुँदा आफ्नो खराब प्रदर्शनलाई निरन्तर दिएको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौं चरणको दोस्रो खेलमा एनआरटीको जितमा मेसुके ओलोमोउले दुई तथा स्टेफिन बिनोङले एक गोल गरेपछि एन आर टिले  दोस्रो जित निकाल्यो । फ्रेन्ड्सका जामोल फ्रांकोइस र नाथनियल गार्सियाले समान एक गोल गरे । 

    पाँचौं मिनेटमा स्टेफिन विनोङको गोलमा एनआरटीले अग्रता लिएको थियो । विनोङले नवीन गुरुङको पासलाई पोस्टको दिशा दिएका थिए । 

    २०औं मिनेटमा मेसुके ओलोमोउले नवीनको पासलाई जाली चुमाउँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।

    खेलको ८१ मिनेटमा सकल रेग्मीको पासमा जामोउल फ्रान्कोइनले हेड गोल गर्दै अग्रता २/१ मा झारे । 

    खेलको इन्जुरी समयमा मेसुकेले दोस्रो गोल गरे । कृतिश रत्न छुन्जुले मिलाएको पासलाई मेसुकेले पेनाल्टी एरियाबाट सहज गोल गर्दै ३/१ को स्थिति ल्याए । 

    इन्जुरी समयमा फ्रेन्ड्सले गोल फर्काए पनि बराबरको लागि पर्याप्त रहेन । खेलमा दुवै टोलीले केही अवसर बनाए । 

    २५औं मिनेटमा नाथनियल जुड गार्सियाको फ्रिकिक बारमा लागेर फर्कँदा फ्रेन्डसले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।

    खेल सकिन नौ मिनेट बाँकी हुँदा जामोल फ्रांकोइसले बललाई पोस्टको दिशा दिए पनि सो गोल फ्रेन्डसलाई खेलमा फर्काउन पर्याप्त भएन ।

    यसअघि ४१औं मिनेटमा विनोङको प्रहारमा बार बाधक बन्दा एनआरटीले अग्रता बढाउने अवसर गुमाएको थियो ।

    एनआरटी पछिल्लो खेलमा एपिएफसँग ३–३ को बराबरीमा रोकिएको थियो भने फ्रेन्डस नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

    सात खेलमा १० अंक जोडेको एनआरटी पाँचौं स्थानमा उक्लिएको हो । समान खेलमा मात्र तीन अंक जोडेको फ्रेन्डस भने अन्तिम स्थानमा छ ।

    लिग अन्तर्गत शनिबार तीन खेल हुनेछ । पहिलो खेलमा जावलाखेल यूथ क्लब र थ्री स्टार तथा दोस्रो खेलमा च्यासल यूथ क्लब  र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पोखरामा मनाङ मर्स्याङ्दी क्लब र ब्रीगेड ब्वाइज भिड्नेछन् । 


    तेस्रो आँखा