• ट्रेण्डिङ्ग :
माओवादीको विधान परिमार्जन सहित अनुमोदन

माओवादीको विधान परिमार्जन सहित अनुमोदन


  • 8.0K
    SHARES
    • पौष १७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    माओवादीको विधान परिमार्जन सहित अनुमोदन

    तेस्रो आँखा डेस्क
    काठमाडौं, पुस १७ । 
    नेकपा माओवादी केन्द्रको विधान अनुमोदन भएको छ । काठमाडौंमा जारी महाधिवेशनको बन्द सत्रले पार्टीको बिधान परिमार्जन सहित अनुमोदन गरेको हो । अनुमोदित बिधान अनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय रहेन छ । जस मध्य पदाधिकारी मात्रै १५ रहनेछन् ।

    images

    एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ सचवि  , ३ उपमहासचिव र एक कोषाध्यक्ष हुने छन् । पदाधिकारीलाई समावेशी बनाउने माओवादी विधानले केन्द्रीय समितिमा ५० प्रतिसत खुला र ५० प्रतिसतलाई समावेशिताका आधारमा मिलाईने उल्लेख गरेको छ ।

    यसैगरि १५ प्रतिसत सदस्य मनोनयन गर्ने उल्लेख विधानमा छ । यसअघि १० प्रतिसत मात्रै मनोनित गर्ने गरिएको थियो । विधान पारित भएलगत्तै अहिले माओवादीको स्थायी कमिटि बैठक बसिरहेको छ । 

     


    तेस्रो आँखा