• ट्रेण्डिङ्ग :
काठमाडौंमा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध

काठमाडौंमा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध


  • 3.7K
    SHARES
    • मंसिर २२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.7K Views

    काठमाडौंमा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध

    काठमाडौं, २२ मंसिर । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ ।

    images

    तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको छ । हरेक वर्ष २५ डिसेम्बरमा मनाइने क्रिसमस डे नेपाली पात्रो अनुसार यस वर्ष पुस ९ गते परेको छ । क्रिसमस डेको अवसरमा क्रिसमस ट्रिलाई झिलिमिली बत्तीले सजाएर राख्ने चलन छ ।

    प्लास्टिकका क्रिसमस ट्रि, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । प्लास्टिकका झोला तथा सामग्री नकुहिने र तिनले वातावरण प्रदूषण हुने भन्दै यसको प्रयोगमा काठमाडौं महानगरपालिकाले कडाइ गर्दै आएको छ ।


    तेस्रो आँखा