तेस्रो आँखा
काठमाडौं, पुस १७ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र २ घण्टाका लागि स्थगित भएको छ । माओवादीको नयाँ नेतृत्वका लागि सहमतीको प्रयास गर्नका लागि बन्दसत्र स्थगित गरिएको हो ।
यो २ घण्टामा सहमतीको प्रयास गरिने र निर्वाच कार्यतालिका पनि सार्वजनिक गरिने माओवादीले जनाएको छ । केन्द्रीय सदस्य चयन सहमतीको प्रकृयाबाट गर्नका लागि प्रयास भैरहेको छ । आजको बन्दसत्रले माओवादीको बिधान अनुमोदन गरेको छ ।
