तेस्रो आँखा
काठमाडौं, पुस १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वसम्मत नभए माओवादी नेतृत्व चयनका लागि चुनावमा जाने बताएका छन् । माओवादी केन्द्रको महाधिवेशनको बन्द सत्र सहमती प्रयासका लागि साँझ ५ बजे सम्मका लागि स्थगित गरिएको छ ।
अध्यक्ष दाहालले सहमतीका लागि अन्तिम सम्म प्रयास गरिने र सहमती हुनै नसके लोकतान्त्रिक अधिकार कुण्ठित नगर्ने बताएको उक नेताले जानकारी दिए । तर , उले पदाधिकारी र केन्द्रीय सदस्यहरु सहमतीमै टुंग्याईने बिश्वास समेत ब्यक्त गरेका छन् । शनिवार अवेर सम्म भएपनि सहमतीका आधारमा नेतृत्व चयन हुने उनले बताए ।
