तेस्रो आँखा
काठमाडौं,पुस १७ ।
नेकपा माओवादीको महाधिवेशन अन्तर्गत राती ८ बजे देखि उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ । सार्वजनिक निर्वाचन कार्यक्रम अन्तर्गत राती ८ बजे देखि साढे ८ बजे सम्म उम्मेदवारी मनोनयको कार्यतालिका तय गरिएको छ । यसैगरि ८ः३५ मा उम्मेदवार बिरुद्ध उजुरी दिने समय तोकिएको छ ।
यसैगरि ८ः ४० बजे देखि ९ बजे सम्म उम्मेदवारी उजर परेका निवेदनको छानविन, ९ः१० बजे उममेदवारहरुको नामावली पुनः प्रकाशन, ९ः३० देखि ११ बजे सम्म उम्मेदवारको नाम फिर्ताको समय निर्धारण गरिएको छ । यसैगरि ११ः१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ११ः३० देखि बिहान ४ बजे सम्म मतदानको कार्यक्रम तय गरिएको छ ।
