सन् २०२२ मा किमजोङको के के छन् लक्ष्य ? 

सन् २०२२ मा किमजोङको के के छन् लक्ष्य ? 


  • 8.6K
    SHARES
    • पौष १७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    सन् २०२२ मा किमजोङको के के छन् लक्ष्य ? 

    एजेन्सी । उत्तर कोरियाका नेता किम जोङले शनिबार आफ्नो शासनको १० वर्ष पुरा भएको अवसरमा देशवासीको नाममा सम्बोधन गरेका छन् । 

    images

    शुक्रबार कोरिया वर्कस पार्टीको आठौं केन्द्रीय समितिलाई सम्बोधन गर्दै किम जाङले २०२२ मा उत्तर कोरियाको मुख्य लक्ष्य आर्थिक विकास र मानिसको जीवनमा सुधार ल्याउने भएको बताएका छन् । उनले भने ‘मानिस जीवन र मरणको बीचमा संघर्ष गरिरहेका छन् । त्यसैले अबको लक्ष्य मानिसको जीवनस्तर सुधार्ने हुनेछ ।’

    त्यस्तै उनले परमाणु हतियार वा अमेरिकाबारे भन्दा पनि घरेलु विकास, कारखाना र स्कूल ड्रेसबारे धेरै चर्चा गरे । 

    सोमबार देखि आठौं केन्द्रीय समितिको बेठक चलिरहेको थियो । २०११ सालमा उनका पिताको मृत्यु भएपछि जोङको नेतृत्वको १० वर्ष पुरा भएको अवसरमा सो बैठक बसेको थियो ।  

    यसअघि किम जोङले नयाँ वर्षको अवसरमा दिएको आफ्नो पहिलेको भाषणमा दक्षिण कोरिया र अमेरिकाको साथ महत्वपूर्ण राजनैतिक गतिविधिसँग जोडिएको अहम नीतिगत घोषणा गर्दथे ।

    तर उत्तर कोरियाका सञ्चारमाध्यमहरुकाअनुुसार यस पटक किम जोङले अमेरिकाको नाम नलिएको र घरेलु मुद्दामा केन्द्रित रहेको बताए । भाषणले यस किसिमको घरेलु मुद्दामा ध्यान दिने कुराले उत्तर कोरियाको आर्थिक संकटलाई दर्शाउँछ ।

    उत्तर कोरियाले कोरोना महामारीलाई रोक्नको लागी आफ्नो सीमामा लगाएको कडा लकडाउनले आफूलाई नै बाँकी दुनियाँसँग बिलकुल अलग र असर पारेको उनले बताए । 

    नेता किमजोङले भनेका छन् ‘हामीले मानिसलाई अब आउने पाँच वर्षीय योजना लागु गरेर राष्ट्रिय विकास र मानिसको जीवनमा उल्लेखनीय बदलाव ल्याउने ग्यारेन्टी गर्दछौं ।’

    आफ्नो भाषणको ठूलो भाग उनले ग्रामिण विकासलाई लिएर महत्वाकांक्षी योजना, मानिसको खाने, स्कूलको ड्रेस र गैर समाजवादी प्रथालाई हतकडी लगाउन आवश्यकता रहेको विषयलाई लिएर चर्चा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। 


    तेस्रो आँखा