काठमाडौं १८, पुस । नेकपा माओवादी केन्द्रको निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन गरिएको छ ।
सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटीका लागि छलफल चलिरहेको भन्दै निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको हाे ।।
शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।
अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेबाट निर्वाचन कार्यक्रम गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो । जसअनुसार सोमबार मतदान हुनेछ ।

