थारु संग्रालयमा अवलोकनकर्ताको घुँइचो

थारु संग्रालयमा अवलोकनकर्ताको घुँइचो


  • 6.6K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 10.1K Views

    थारु संग्रालयमा अवलोकनकर्ताको घुँइचो

    अञ्जना चौधरी,दाङ ८ पुस/ पछिल्लो समय दाङको चखौरामा रहेको थारु संग्रालयमा अवलोकर्ताको घुईचाँे बढ्दै गएको छ ।
    दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरामा रहेको थारु संग्रालयमा थारु थारु समदायसँगै गैर थारुहरुको चाप पनि उत्तिकै बढ्दै गएको छ । पश्चिम नेपालको कञ्चनपुरदेखि काठमाडौंसम्मका अवलोकन कर्ताहरु आउने गरेका छन् ।

    images

    थारु खानपानसंगै थारु संस्कृति झल्कने भेषभुसा र पहिरन लगाउँनेहरुको पनि उत्तिकै घुइँचो लाग्ने गरेको छ । बर्दियाबाट परिवारसहित घुम्न आएकी अनिता रत्गैया पनि पुरानो थारु पहिरन लगाएर चिटिक्क परेकी थिइन् । संग्रालयमा पुराना थारु संस्कार र संस्कृतिहरु अनलोकन गर्न पाईन्छ भन्ने सुनेर आफु पनि संग्रालय घुम्न आएको उनले बताईन् । पहिलेका थारु समुदायका परम्परा, गरगहना, लुगा, थारु समुदायले पहिले कपडा राख्नको लागि प्रयोग गर्ने भौँका, भौकीहरु देख्दा अत्यन्त खुशी लागेको उनले बताईन् ।

    काठमाडौंबाट चखौरा संग्रालय अवलोकन गर्न आएकी हुमा दुलाल पनि एकदमै खुशी देखिन्थन् । पहिले दाङमै घर भएकी उनी पछिल्लो समय बसाई सराई गरेर काठमाडौं गएकी उनी चखौराको बारेमा धेरै पटक सुनेको बताउँछिन् । मैले चखौरास्थित थारु संग्रालयको बारेमा धेरै पटक सुनेको र फोटोहरु पनि देखेको थिए, दुलालले भनिन् तर आज पहिलो पटक घुम्न आउँदा धेरै खुशी लाग्यो । अन्य ठाउँमा घुम्न जाने योजना थाती राखेर चखौरा घुम्न आएको उनको भनाई थियो । म थारु गाउँमै हुर्केको हुँ, आज भोली थारु समुदायमा पनि पुराना संस्कार संस्कृतिहरु हराउँदै गएका छन् तर त्यो संस्कार संस्कृतिको कुरा संग्रालयमा राखेरको देख्दा एकदमै खुशी लागेको उनले बताईन् । मौका मिलेमा फेरी पनि यहाँ घुम्न आउँने उनले बताईन् । थारु संग्रालयमा थारु परिकारहरु ढिक्री, खरिया, माछाका परिकारहरु पनि एकदमै राम्रो पाईने बताईन् । तर संग्रालयलाई अझ व्यवस्थित गर्न जरुरी रहेको दुलालले बताईन् । 

    चखौराका स्थानीयले थारु संग्रालय बन्नुपूर्व आफ्नो ठाउँमा यसरी व्यवसाय होला भनेर कल्पना पनि गरेका थिएनन् । तर संग्राहलय बनेपछि चखौरामा व्यवसाय पनि उत्तिकै मात्रामा फस्टाउँदै गएको छ । त्यसको अलवा स्थानीयले थारु संग्रालयमा रोजगारी समेत पाएका छन् । पर्यटकहरु बढ्दै गएपछि व्यवसायहरु पनि राम्रो हुँदै गएको थारु भन्सा घरकी लक्ष्मी भण्डारीले बताईन् । पहिले संग्रालयको अन्य क्षेत्र सम्हालेकी लक्ष्मी अहिले भने थारु भन्सा घरको व्यवस्थापन हेर्दै आएकी छिन् । अवलोकन कर्ताहरुले बढि मात्रामा ढिक्री, घोंगी, खरिया, मुसाको मासू, बटैको मासु, बंगुर, हाँस, लोकल कुखुराको मासू, अनदीको भात रोटी खान आउँने गरेको भण्डारीको भनाई छ । भण्डारीका अनुसार थारु भन्सा घरमा स्थानीहरुले उत्पादन गरेको अर्गानिक खाना पाईन्छ ।

    यो संग्रालयमा थारु समुदायका पुरानो पहिरनहरुका साथै पुराना संस्कृति झल्काउने भाडाकुडाहरु राखिएका छन् । अवलोकनकर्ताहरु थारु परिकारहरु खानकै लागि पनि टाढा टाढाबाट आउने गरेका छन् । त्यसका साथै यो संग्राहलयमा आउने आन्तरिक तथा बाहिय पर्यटकहरुले लोप हुने अवस्थामा रहेका थारु पहिरन लगाएर फोटो खिचाउँदै रमाउने गरेको संग्रालयका संयोजक शान्ता चौधरीले बताईन् । अवलोकनकर्ताहरु बिशेष गरेर दंगीशरणमा थारु राजाले राज्य गरेको ठाउँ भनेर आउँने र दाङका थारुहरु बसाई सराई गरेर अन्य क्षेत्रमा गएका छोरानातीहरु पनि आफ्नो पुर्खाहरु बसेको ठाउँ भनेर अवलोकन गर्न आउँने गरेको बताईन् । थारुहरुले प्रयोग गरेका सरसामानदेखि पुराना लोप हुने अवस्थामा रहेका गरगहना, लुगा, भाँडाकुडा हेर्न आउँने गरेको चौधरीले बताईन् । अहिले थारु समुदाय भन्दा गैर थारुहरु बढि आउँने गर्नु भएको छ उनले भनिन् ।

    संग्रालयमा अहिले १९ जना स्थानीयहरुले रोजगारी पाएका छन् । ति मध्ये दुई जना अपांङ व्यक्तिले रोगजारी पाएका छन् । त्यस्का साथै टाढाबाट आउँने पर्यटकको लागि बास बस्न थारु विश्राम घर पनि बनाईएको छ । थारु विश्राम घरमा एसी, ननएसी लगायत थारुहरु पहिले भुँइमा सुत्ने भएकाले त्यहीअनुसार भुँईमा सुत्ने कोठाहरु पनि तयार गरिएको संयोजक चौधरीले जानकारी दिइन् । 

    8fb425fd-c6f3-408b-ad89-bb7505b1be1f.jpg77a1ff08-854a-42b1-aa50-c2267982582a.jpg95d97716-3603-4121-b123-eb82dcb1d90a.jpg


    तेस्रो आँखा