• ट्रेण्डिङ्ग :
माओवादी केन्द्र महाधिवेशन
१५ प्रतिशत केन्द्रीय सदस्य छान्न प्रचण्ड असफल, दिए सबैलाई समेट्ने आश्वासन 

१५ प्रतिशत केन्द्रीय सदस्य छान्न प्रचण्ड असफल, दिए सबैलाई समेट्ने आश्वासन 


  • 5.5K
    SHARES
    • पौष १८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    १५ प्रतिशत केन्द्रीय सदस्य छान्न प्रचण्ड असफल, दिए सबैलाई समेट्ने आश्वासन 

    काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका छन् । तर उनले १५ प्रतिशत केन्द्रीय सदस्य भने छान्न सकेका छैनन् । 

    images

    बन्दसत्रमा नाम वाचन गर्दै उनले सबैलाई समेट्ने आश्वासन दिएका छन्। 

    २९९ जनाको केन्द्रीय समितिमा प्रचण्डले १२५ जना समानुपातिकतर्फको नाम प्रस्तुत गरेका छन् । त्यस्तै खुलातर्फ १११ जनाको नाम पनि प्रस्तुत गरेका छन् । समानुपातिकतर्फ २९ थप्न बाँकी रहेको छ भने खुलातर्फ ३४ जना बाँकी छन् । 

    दुईवटा सहित गर्दा ६३ थप्न बाँकी छ । बन्दसत्रमा प्रचण्डले भने, '१५ प्रतिशत बाँकी छ त्यसले बाँकी सबैलाई समेट्छ । विधानमै यो व्यवस्था छ । विधानअनुसार लागू गर्छौं ।'
     


    तेस्रो आँखा