दक्षिण अफ्रिकाको संसद भवनमा लाग्यो आगो 

दक्षिण अफ्रिकाको संसद भवनमा लाग्यो आगो 


  • 4.4K
    SHARES
    • पौष १८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    दक्षिण अफ्रिकाको संसद भवनमा लाग्यो आगो 

    काठमाडौं १८, पुस । दक्षिण अफ्रिकाको राजधानी केप टाउनस्थित संसद भवनमा आगो लागेको छ ।  अन्तराष्ट्रिय सञ्चारमाधयमकाअनुसार संसद भवनको आसपासको क्षेत्रको आकाशमा कालो धुवाँ उडिरहेको छ । संसदको छतमा आगोको लप्का पनि देखिएको छ । दर्जनौं दमकल र कर्मचारी आगो निभाउन लागेका छन् ।

    images

    दक्षिण अफ्रिकाको लोक निर्माण मंत्री पर्टीशिया दे लिलीले बताएका छन् कि चैंबर काउन्सिल अफ प्रोविन्समा लागेको आगो नियन्त्रणमा लिएको छ तर नेशनल एसेम्बली को उत्तरमा लागेको आगो भने अझै नियन्त्रणमा लिइसकेको छैन । पुलीस द्धारा आगो लाग्नुको कारणबारे अनुसन्धान भैरहेको छ तर अहिलेसम्म यस बारेमा केही जानकारी नमिलेको बताइएको छ ।

    africa 1.gif

    उक्त घटनामा अहिलेसम्म मानवीय क्षती भएको छैन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार संसद चालु अवस्थामा थिएन । आइतबारको संसदको पास सेंट जाँर्ज कैथेड्रलमा आर्कबिशप डेसमंड टुटुको राजकीय सम्मानको साथमा अन्तिम संस्कार गरिएको थियो । यसकै केही घण्टापछि आगो लागेको थियो ।

    केप टाउनका अधिकारीले पहिले आगो संसद भवनको छतमा र नेशनल एसेम्बलीको इमारतमा लागेको बताएका थिए । दक्षिण अफ्रीकाको संसद भवन तीन भागमा बाँडीएको छ । सबैभन्दा पुरानो भाग १८८४मा बनाइएको पछि १९२० को दशकमा र १९८० को दशकमा दुइटा नयाँ भाग बनाइएको थियो । नेशनल एसेम्बली भने उक्त नयाँ बनाएको भवनमा छ । 

     


    तेस्रो आँखा