केप टाउन, १९ पुस । दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
आगजनी गरेको आशंकामा अन्दाजी ५० वर्षका एक शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ। आइतबार स्थानीय समयअनुसार बिहान २ बजे त्यहाँको संसद नेसनल एसेम्बलीमा आगो लागेको थियो।
शंकास्पद व्यक्ति संसद भवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति बिहानैदेखि संसद भवनमा आवतजावत गरेको एउटा सीसीटिभी फुटेजमा देखिएको सार्वजनिक कार्य तथा पूर्वाधार मन्त्री प्याट्रिका डी लिलेले बताइन्।
आगलागीको कारण अझै खुलेको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको लिलेले बताइन्। (एजेन्सी)
