इमरान खानकी पूर्वपत्नी रिहाम खानको आक्रोशः यही हो नयाँ पाकिस्तान ?

इमरान खानकी पूर्वपत्नी रिहाम खानको आक्रोशः यही हो नयाँ पाकिस्तान ?


  • 4.7K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    इमरान खानकी पूर्वपत्नी रिहाम खानको आक्रोशः यही हो नयाँ पाकिस्तान ?

    इस्लामाबाद, १९ पुस । पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रिहाम खानले देशको शान्ति सुरक्षा र कानुनी व्यवस्थाप्रति आक्रोश पोखेकी छन्  । आफ्नो कारमा आगजनी भएपछि पूर्वपत्नी रिहामले सरकारप्रति आक्रोश पोखेकी हुन् ।  

    images

    शृंखलाबद्ध ट्विटमा रिहामले प्रश्न गरेकी छन्, ‘यही हो इमरान खानको नयाँ पाकिस्तानरु’ एउटा अज्ञात समूहले  आईतबार राती रिहामको गाडीमा आगो लगाइदिएको थियो । आगजनीको समयमा गाडीभित्र रिहामका सहयोगी र चालक थिए । 

    ‘भतिजाको विवाहमा सहभागी भएर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले मेरो गाडीमा आगजानी गरेका छन् । आगजानी हुँदा मेरा सहयोगी र चालक गाडीभित्रै थिए । यही हो इमरानको नयाँ पाकिस्तान रु ठग र लोभीको सरकारलाई स्वागत छ,’ उनले ट्विट मा लेखिकी छन् ।  

    सरकारको प्रखर आलोचकसमेत रहेकी रिहामले आगजनीको जिम्मा सरकारले लिनुपर्ने बताएकी छन् । 

    दन्डहीनताका कारण खान नेतृत्वको सरकारमा गुन्डागर्दी र डकैतीले प्रश्रय पाएको उनको भनाई छ । ‘म औषत पाकिस्तानीजस्तै बाँच्न र मर्न चाहन्छु । कातरपूर्ण हमला वा दन्डहीनता जेसुकै भए पनि आक्रमणको जिम्मा सरकारले लिनुपर्छ ,’ उनले लेखेकी छिन् ।


    तेस्रो आँखा