१० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्त मर्जरमा जानुपर्ने 

१० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्त मर्जरमा जानुपर्ने 


  • 7.1K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    १० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्त मर्जरमा जानुपर्ने 

    काठमाडौं, १९ फागुन । बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढि क्रसहोल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरू अनिवार्य रुपमा मर्जरमा जानुपर्ने भएको छ । 

    images

    नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको १० प्रतिशतभन्दा बढी दोहोरो लगानी भएमा अनिवार्य मर्जरमा जानु निर्देशन दिएको हो । 

    यसैगरी बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थाहरु पनि मर्जरमा जानुपर्ने प्रावधान तोकिएको छ । मर्जरमा जानका लागि असार मसान्तसम्ममा राष्ट्र बैंकमा कार्ययोजना पेस गर्नसमेत निर्देशन दिइएको छ । 

    राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गर्ने घोषणा गरेको थियो ।