हेइटीका प्रधानमन्त्री हत्याको प्रयासबाट जोगिए, प्रथम महिला घाईते

हेइटीका प्रधानमन्त्री हत्याको प्रयासबाट जोगिए, प्रथम महिला घाईते


  • 7.0K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    हेइटीका प्रधानमन्त्री हत्याको प्रयासबाट जोगिए, प्रथम महिला घाईते

    काठमाडौं, २० मंसिर । हेइटीका प्रधानमन्त्री एरिअल आंगीमाथि हत्याको प्रयास भएको छ।  उत्तरी सहर गोनायभको एउटा गिर्जाघरमा आयोजित कार्यक्रममा सहभागी जाने क्रममा उनको हत्या प्रयास भएको जनाइएको छ।

    images

    प्रधानमन्त्री र उनको टोलीमाथि बाटोमा नै गोली प्रहार भएको थियो। गोली प्रहारबीच उनको गाडी तीव्र गतिमा हुइकिएको थियो। आक्रमणमा प्रथम महिला घाईते भएकी छिन् भने प्रधानमन्त्री बच्न सफल भएका छन्।

    सुरक्षाकर्मी र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्। आक्रमणकारीहरु गिर्जाघरको पर्खालमा लुकेको जनाइएको छ। 

    ६ महिनाअघि तत्कालीन राष्ट्रपति जोभनेल मोइजको निवासमै हत्या भएको थियो । हत्यापछि देशको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै सरकारको आलोचना भएको थियो । राष्ट्रपतिको हत्यामा प्रधानमन्त्रीकै संलग्नता रहेको हुन सक्ने विपक्षीहरुले आरोप लगाउँदै आएका थिए। (एजेन्सी)


    तेस्रो आँखा