तेस्रो आँखा डेस्क
दाङ,पुस २० ।
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनको प्रकृया चलिरहेको छ । लुम्बिनी प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
दाङमा माघ १२ गते हुने चुनावका लागि गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिकले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत जिल्ला न्यायाधिस रितेन्द्र थापाले जानकारी दिए ।
यो प्रदेशमा तीन सिटका लागि निर्वाचन हुँदैछ ।
यसपछि एमालेले उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
