राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा ३ सिटका लागि ६ जनाको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा ३ सिटका लागि ६ जनाको उम्मेदवारी


  • 6.5K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा ३ सिटका लागि ६ जनाको उम्मेदवारी

    तेस्रो आँखा डेस्क
    दाङ,पुस २० । 
    लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । तीन सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनका पक्षबाट ३ जना र एमालेका ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    images

    गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजबादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिकले उम्मेदवारी दर्ता गरे । यसैगरि एमालेका रामदयाल गुप्ता,भारती उपाध्याय र कृष्णबहादुर बिकले उम्मेदवारी दर्ता गराएका छन् । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा २९६ मतदाताले मतदान गर्ने छन् ।  


    तेस्रो आँखा