• ट्रेण्डिङ्ग :
भूकम्पले क्षति पुर्‍याएको संरचना पुनःनिर्माणका लागि भारतले एक हजार करोड सहयोग गर्ने 

भूकम्पले क्षति पुर्‍याएको संरचना पुनःनिर्माणका लागि भारतले एक हजार करोड सहयोग गर्ने 


  • 3.2K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.9K Views

    भूकम्पले क्षति पुर्‍याएको संरचना पुनःनिर्माणका लागि भारतले एक हजार करोड सहयोग गर्ने 

    रुकुम,१९ पुस/ जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति पुर्‍याएको संरचना पुनःनिर्माणका लागि भारतले एक हजार करोड सहयोग गर्ने भएको छ । काठमाडौंमा आयोजित नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले भूकम्पबाट भत्किएको संरचना पुनःनिर्माणका लागि एक हजार करोड सहयोग गर्ने विषयमा सहमति भएको हो ।

    images

    परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको बताए । जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन् । बैठकमा तीन वटा १३२ केभीको अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको प्रवक्ता राईले बताए ।

    बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा हुनुको साथै आगामी दिनमा यसलाई कसरी सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको उनले बताए ।


    तेस्रो आँखा