अब पशुपतिमा हुने आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न नपाइने

अब पशुपतिमा हुने आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न नपाइने


  • 2.4K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.6K Views

    अब पशुपतिमा हुने आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न नपाइने

    काठमाडौं । अबदेखि पशुपतिनाथ मन्दिरस्थित आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न रोक लगाइएको छ ।

    images

    पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्बा डिजिटल प्रालिले एक सूचनामार्फत आरती र दीप प्रज्वलनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने जनाएको छ ।

    हिन्दुहरूको पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा हरेक साँझ आरती हुने गर्छ । आरती हेर्न ठूलो संख्यामा मानिसहरूको उपस्थिति हुन्छ ।

    आरती र दीप प्रज्वलनको भिडियो खिच्न रोक लगाइएको सूचनापछि सर्वसाधारणले आलोचना गरेका छन् ।


    तेस्रो आँखा