पढाइ सकिएपछि नैतिकता देखाउँदै नेविसंघ सचिव पदबाट पोख्रेलले राजीनामा दिए

पढाइ सकिएपछि नैतिकता देखाउँदै नेविसंघ सचिव पदबाट पोख्रेलले राजीनामा दिए


  • 40.3K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 61.9K Views

    पढाइ सकिएपछि  नैतिकता देखाउँदै नेविसंघ सचिव पदबाट पोख्रेलले राजीनामा दिए

    तेस्रो आँखा
    दाङ,पुस २० । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई सचिव कुलराज पोख्रेलले सचिव पदबाट राजीनामा दिएका छन् । उनले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।  क्याम्पसमा अध्ययन पुरा गरिसकेका कारण आफू सचिव पदमा बस्न नसुहाउने भन्दै राजीनामा दिएको पोख्रेलले उल्लेख गरेका छन् । ‘स्वाभाविकै रुपमा म क्याम्पसको बिद्यार्थी नहुँदै गर्दाखेरी नेविसंघको इकाई सचिवको पदमा बस्ने नैतिकता मलाई हुँदैन’ पोख्रेलले राजीनामा उल्लेख गरेका छन् ‘यसर्थ राजनीति भित्रको ईमानदारीता प्रस्तुत गर्दै मैले राजीनामा दिने निर्णय गरेको छु ।’ 

    images

    यसैगरि उनले आफ्नो राजीनामालाई कांग्रेस भित्र उठेको पुस्तान्तरणको बहसको पालना गरेको समेत उल्लेख गरेका छन् । आफू लामो समय सम्म नेविसंघको पदाधिकारी बनेर बसिरहँदा पछिल्लो ‘जेनेरेसन’ को पदमा बसेर जिम्मेवारी बहन गर्ने अपेक्षा कुण्ठित बनेको र त्यहि जेनेरेशनको अपेक्षा पुरा गर्नु आफ्नो दायित्व भएको पोख्रेलले उल्लेख गरेका छन् ।

     ‘म लामो समय नेविसंघ क्याम्पसको इकाई सचिव रहिरहँदा म भन्दा पछिल्लो जेनेरेशनको पदमा बसेर जिम्मेवारी बहन गर्ने ईच्छा स्वाभाविकै रुपमा कुण्ठित बन्न पुग्यो,’ पोख्रेलले भने ‘यसर्थ पार्टीमा उठेको पुस्तान्तरणको बहस अनुरुप  म भन्दा पछिल्लो जेनेरेशनलाई पदीय जिम्मेवारी प्रदान गर्न पनि मैले राजीनामाको निर्णय लिएँ ।’
    नेविसंघको इकाई सचिवबाट राजीनामा दिए पनि आपफू कांग्रेसको सकृय राजनीतिमै रहेको पनि उनले उल्लेख गरेका छन् । 

    rrr.jpg


    तेस्रो आँखा