राष्ट्रियसभा निर्वाचन मिति छिट्टै तोकिन्छ : प्रधानमन्त्री देउवा

राष्ट्रियसभा निर्वाचन मिति छिट्टै तोकिन्छ : प्रधानमन्त्री देउवा


  • 7.1K
    SHARES
    • कार्तिक ८, २०७८ सोमबार
    • ५ बर्षs अघि
    • 10.9K Views

    राष्ट्रियसभा निर्वाचन मिति छिट्टै तोकिन्छ : प्रधानमन्त्री देउवा


    काठमाडौँ, कात्तिक ८ ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताएका छन् । सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरूसँग छलफल गरी निश्कर्षमा पुग्ने बताए । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते सकिँदैछ । प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिए । त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उनले बताए ।आयोगले आगामी वैशाखभित्र गर्नुपर्ने स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न प्रस्ताव पनि गरेको छ । अघिल्लो पटक स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो ।


    तेस्रो आँखा