• ट्रेण्डिङ्ग :
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण


  • 3.6K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.5K Views

    भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

    कञ्चनपुर २३ पुस/ भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । 

    images

    हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिनुभयो । “भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छरछैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।”

    हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास ९होम आइसोलेसन०मा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले बताउनुभयो । “भेरिएन्ट एकिन गर्न नौ जनाको नमूना काठमाडौँ पठाएका छौँ”, उहाँले भन्नुभयो, “दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।”

    कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । रासस


    तेस्रो आँखा