सन्दीप सम्मिलित हुरिकेन्स पराजित

सन्दीप सम्मिलित हुरिकेन्स पराजित


  • 6.3K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    सन्दीप सम्मिलित हुरिकेन्स पराजित

    काठमाडौं, २१ पुस । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्स बुधबार बिग बास लिग (बीबीएल) मा एडिलेड स्ट्राइकर्ससँग सात विकेटले पराजित भएको छ ।

    images

    १२७ रनको लक्ष्य स्ट्राइकर्सले १५ ओमर १ बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

    स्ट्राइकर्सको जितमा म्याथ्यु सर्टले सर्वाधिक ७२ रन बनाए । सर्टले ४४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । यस्तै हेनरी हन्टले १८ र्‍याट रेनस्वले २९ र जोनाथन वेल्सले ११ रन जोडे ।

    हुरिकेन्सबाट सन्दीपले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २२ रन खर्चिए । त्यस्तै अर्को एक विकेट सर्टको नाममा रह्यो ।

    यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको हुरिकेन्सले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १२६ रनको बनायो । 

    हुरिकेन्सका डीएर्सी सर्टले ३२ रन बनाए । त्यस्तै टिम डेभिडले २८, मिचेल ओवेनले १६ र पिटर ह्यान्डसकम्बले १४ रन जोडे ।

    हुरिकेन्सबाट ११औं नम्बरमा ब्याटिङका लागि मैदान उत्रिएका सन्दीपले दुई बलमा दुई रन जोडे ।

    स्ट्राइकर्सका पिटर सिडलले पाँच विकेट लिए । त्यस्तै राशिद खानले दुई तथा म्याथ्यु सर्ट र ह्यारी कोनवेले समान एक विकेट हात पारे ।

    हारसँगै हुरिकेन्स ९ खेलमा ४ जित सहित १७ बनाएर चौथो स्थानमा छ । 

     

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने

  • तेस्रो आँखा