सुदूरपश्चिम वन निर्देशनालयका सहायन वन अधिकृत विरुद्ध सात करोड भष्टाचारकाे आरोप

सुदूरपश्चिम वन निर्देशनालयका सहायन वन अधिकृत विरुद्ध सात करोड भष्टाचारकाे आरोप


  • 6.8K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    सुदूरपश्चिम वन निर्देशनालयका सहायन वन अधिकृत विरुद्ध सात करोड भष्टाचारकाे आरोप

    काठमाडौं, २१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम वन निर्देशनालयका सहायन वन अधिकृतले करिब सात करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरेको छ । सुदूरपश्चिम वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेम राज विष्टले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

    images

    अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार विष्टले सार्वजनिक सेवाको पदमा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचार गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति गरी श्रीमती रुबी जिसी विष्टको नाममा घरजग्गा तथा बैंक खातामा राखेको भेटिएको जानकारी दिए । 

    विष्टले सामुदायिक वन उपभोक्ता समूहका सदस्य र पदाधिकारीको किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहको सदस्य बनाई रुख कटान गरेको भन्दै सार्वजनिक लेखा समितिको उपसमितिले छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो ।

    त्यसपछि अख्तियारले छानबिन गर्दा २०५५ वैशाख २७ मा सरकारी सेवा प्रवेश गरेदेखि २०७७ कात्तिक १७ गतेसम्म विष्टको वैध आय १७ करोड ३७ लाख १२ हजार ६२९ रुपैयाँ ३८ पैसा हुनेमा लगानी र खर्च २४ करोड २४ लाख ६९ हजार ७०९ रुपियाँ ९८ पैसा देखिएको थियो । विष्टविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार २ वर्ष कैद र भ्रष्टाचार गरेको जति रकम ६ करोड ८७ लाख ५७ हजार ८० रुपियाँ ६० पैसा विगो माग गरिएको अख्तियारका प्रवक्ता रिसालले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम वन निर्देशनालय

  • तेस्रो आँखा
    लेखकबाट थप