• ट्रेण्डिङ्ग :
पानी परीक्षण प्रयोगशाला स्थापना

पानी परीक्षण प्रयोगशाला स्थापना


  • 3.6K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.5K Views

    पानी परीक्षण प्रयोगशाला स्थापना

    पाल्पा,२५ पुस/ स्थानीयलाई घर–घरमा शुद्ध पानी पु¥याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गरिने भएको छ । 
            
    यहाँका विभिन्न मूल, मुहानमा रहेका पानीलाई खानयोग्य छ कि छैन प्रयोगशालामा परीक्षण गर्ने र उपचार विधि गर्नुपर्ने पानीलाई उपचार गरी सबैलाई शुद्ध पानी उपभोग गराउने गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक र आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरिएको पालिकाले जनाएको छ ।
            
    प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता थियो । अब भने पालिकाभित्र नै प्रयोगशाला स्थापना भएपछि पानीको शुद्धताका लागि सहज हुने भएको छ । पालिकाको यो पहिलो पानी परीक्षण प्रयोगशाला हो । पानीका मुहान र मूल प्रशस्त रहे पनि सबै खानका लागि योग्य नहुने हुँदा परीक्षण गर्ने विधि भएपछि पानी शुद्ध छ या छैन सबै जानकारी लिन सजिलो हुने स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी बताउनुहुन्छ । यहाँ रहेका मूल, मुहानका पानी नियमित रुपमा परीक्षण गरेर उपभोग गरिने उहाँले बताउनुभयो ।

    images

    पानी परीक्षण नियमित नहुँदा सफा, शुद्ध, स्वच्छ छ या छैनभन्दा पनि दैनिक आवश्यकता परिपूर्तिका लागि पानी उपभोग गर्न स्थानीय बाध्य थिए । पानीका कारण विभिन्न रोग लाग्ने हुँदा सबैभन्दा पहिला खानेपानी उपभोगमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । 


    तेस्रो आँखा