प्रहरीलाई घुसदिन खोज्ने पक्राउ

प्रहरीलाई घुसदिन खोज्ने पक्राउ


  • 8.1K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    प्रहरीलाई घुसदिन खोज्ने पक्राउ

    काठमाडौं, २१ पुस । चन्द्रागिरी नगरपालिका—७ स्थित सडकमा चेकिङमा खटिएको प्रहरी टोलीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जनालाई बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरूमा चितवन ईच्छाकामना गाउँपालिका—५ घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र चन्द्रागिरी नगरपालिका—९ मच्छेगाउँ घर भएका ५४ वर्षीय केशव गोपाली रहेका छन् । 

    महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले जाँच गर्दा प्रदेश ३—०२—००४ प ४९७४ नम्बरको मोटरसाइकलका चालक रोशन र मोटरसाइकलमा सवार केशवले मादक पदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिनेक्रममा प्रहरीलाई उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर महानगरीय प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको   छ । 

  • सम्बन्धित विषय:

  • # प्रहरी

  • तेस्रो आँखा
    लेखकबाट थप