• ट्रेण्डिङ्ग :
नेपाल चिकित्सक सङ्घ लुम्बिनीको अध्यक्षमा कृष्ण खरेल

नेपाल चिकित्सक सङ्घ लुम्बिनीको अध्यक्षमा कृष्ण खरेल


  • 3.2K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.0K Views

    नेपाल चिकित्सक सङ्घ लुम्बिनीको अध्यक्षमा कृष्ण खरेल

    बुटवल २६ पुस/ नेपाल चिकित्सक सङ्घ लुम्बिनीको अध्यक्षमा डा।कृष्ण खरेल निर्वाचित भएका छन् । बुटवलमा भएको अधिवेशनबाट खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व ३ वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएको हो ।

    images

    नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा डा.सन्दीप सुवेदी, उपाध्यक्षमा डा।वर्षा थापा, महासचिवमा डा.प्रकाश बस्नेत, कोषाध्यक्षमा डा. रमेश भट्टराई, सहसचिवमा डा. मोहनलाल तिवारी र सह कोषाध्यक्षमा डा.अमित चतुर्वेदी सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिका संयोजक डा.श्रीधर आचार्यले बताए ।

    निर्वाचित सदस्यहरूमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा.मनिष विश्वकर्मा, डा.राजेन्द्र बस्याल, डा.सदीक्षा चापागाईं र डा.आकाश शाही रहेका छन् । संघको लुम्बिनी शाखामा ५०० चिकित्सक आबद्ध छन् । चिकित्सक संघमा देशभरका ३५ हजार  आबद्ध रहेका छन् । डा।खरेल  प्रजातन्त्रवादी चिकित्सक सङ्घ लुम्बिनीको पनि अध्यक्ष हुन्। चिकित्सा क्षेत्रमा पछिल्लो समय बढेको विकृतिविरुद्ध संघले काम गर्ने उनले बताए।


    तेस्रो आँखा